२०८१ बैशाख ११ , मंगलबार

उद्योग बाणिज्य महासंघमा आबद्ध भएको अनुभवको आधारमा नेतृत्व लिन तयार छुः वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठ

सुनाखरी न्युज/  कपिलवस्तु । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जनश्रेष्ठले बैंक तथा वित्तिय संस्थाहरुले ब्याजदरमा २० प्रतिशतभन्दा धेरै नाफा खाएको बताएका छन्।

 

लुम्बिनीप्रदेशको कपिलवस्तु स्थित चन्द्रौटामाआयोजित“लथालिङ्ग अर्थतन्त्रकसले गर्ने हो व्यवस्थापनविषयक” कार्यक्रममा उनले अहिले अर्थतन्त्र समस्यामा भएको भन्दै यसलाई सुधार गर्न सरकारले तत्कालध्यानदिनुपर्ने बताए्। सरकारी खर्च कम हुँदा बजारमा तरलताको अभावभएको रउद्योग व्यवसाय नै धरासायी हुँदा पूँजी निर्माण गर्न कठिनभएको श्रेष्ठले बताए।उनले बैंकले उद्योगीहरुसँग लिएको प्रिमियमब्याजदर ज्यादै धेरै भएको भन्दै त्यसलाई तत्कालघटाउनमाग गरे।

 

“उद्योगी व्यवसायीलाई नाफामा २० प्रतिशतभन्दा धेरै लिननपाईने भन्दै दशकौं पुरानो कालाबजारी ऐन कानूनलागु गरेर दुखदिईन्छ, तर बैंकले ब्याजदरमा ६० प्रतिशतसम्मप्रिमियमलिँदा सरकार र नियामकले वास्तागर्दैनन्।” वरिष्ठउपाध्यक्षपदकाप्रत्याशीश्रेष्ठलेभने। निजी क्षेत्रले अर्थतन्त्रमाउच्च योगदानदिएको र भुमिकाबढिरहेको बेलामानिजी क्षेत्रले अधिकार खोसेरै लिनुपर्ने अवस्था देखिएकोबताए।आफूले लुम्बिनीप्रदेशमालगानीबिस्तार गरिरहेको भन्दै पूर्वाधार क्षेत्रमालगानी गरेको र अटोमोबाइल एसेम्बलीउद्योग स्थापना गर्ने योजनामा रहेको श्रेष्ठले जानकारी दिए। वरिष्ठउपाध्यक्षपदकाप्रत्याशीअन्जनश्रेष्ठलेमहासंघमाआफूलेलामो समयदेखि योगदानदिएको भन्दै अब आफूले नेतृत्व गर्ने पालो आएको बताए। “मयुवा छु तरसंस्थागत संलग्नतालामो समय भएको छ। यसले मलाई परिपक्कबनाएको छ र सोहि अनुभवको आधारमाआफूले नेतृत्वमादाबी गरेको हुँ,”श्रेष्ठले भने। कार्यक्रममानेपाल राष्ट्र बैंककापूर्वकार्यकारीनिर्देशकनरबहादुर थापाले देशको पूँजीनिर्माणमानिजी क्षेत्रको योगदानउच्च रहेको भन्दै यसलाई कसरी गतिशिलबनाउने भन्नेमा राज्यलाग्नुपर्ने बताए।

 

“पूँजीनिर्माणमानिजी क्षेत्रको योगदान७५प्रतिशतभन्दा धेरै ५ र सरकारको योगदानन्यूनमात्रछ। त्यसले देशको पूँजीनिर्माणमा योगदान गर्ने निजी क्षेत्रलाई कसरी चलायमानबनाउने भनेर सरकारले हेर्नुपर्दछ,”उनले भने। सरकारले अर्थतन्त्रलाई सुदृढ गर्नका लागिआफ्नो मौज्दातबाट समेत खर्च गर्नुपर्ने भन्दै उनले राजस्व र साधारणखर्चमामात्र हेर्न नहुने बताए। “अहिले तीनै तहका सरकारहरुसँग३५१ अर्ब रुपैयाँ रहेको छ यो रकमबाट सरकारले खर्च गर्न सक्दछ। र अर्थतन्त्र सुधार भएपछित्यसबाटपूर्ति गर्न सक्दछ,”उनले भने। अर्थतन्त्रलाई कसले गति दिने भन्ने महत्वपूर्ण विषयभएको भन्दै पूर्व कार्यकारी निर्देशक थापाले सरकारले नै पहल गर्नुपर्ने बताए ।उनले देशभित्रउद्योग व्यवसायदर्ता र संचालनको लागि सहजव्यवस्थागरिनुपर्नेमा जोड दिए।

 

यसका साथै कार्यक्रममाराष्ट्रिय स्वतन्त्रपार्टीका सांसद मनिषझालेआर्थिक समस्यावामन्दी बाट नेपालमा कसैलेनसिकेकोवा सुधार गर्न नचाहेकोबताएकाछन्। उनले विश्वमाठूलाआर्थिक मन्दिबाट सबैदेशहरुले सिकेपनिहामीले कहिलेपनिसिक्न र सुधार गर्न नसकेको बताए। उनले यसको लागि संस्थागतअभ्यासमा सुधार गर्नुपर्ने र यथार्थवादको अन्त्य गर्नुपर्ने बताए। “विश्वका सबैदेशहरुले आर्थिकमन्दी र चुनौतीबाटपाठसिकेर नयाँनीति र व्यवस्था गर्ने गरेको भएपनिहामीले कहिले सिक्नचाहेनौं,” सांसद झाले भने,“हामीले के सिक्ने र कसरी व्यवस्थापन गर्ने भन्ने निश्चितहुनुपर्दछ।”उनले उद्योग व्यवसायलाई गाउँगाउँमापुर्याउनुपर्ने भन्दैऔद्योगिक क्षेत्रमापनि संघियतालाई कार्यान्वयन गर्न अनुरोध गरे। कार्यक्रममा जिल्ला नगर तर्फका उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले निजी क्षेत्रको माग र समस्यालाई सम्बोधन गर्न र आन्दोलनको रुपमा अगाडि बढाउन पनि अन्जनश्रेष्ठको नेतृत्व आवश्यक भएको बताए।