२०८१ बैशाख १४ , शुक्रवार

सुनको मूल्यमा गिरावट, तोलामै एक हजारले घट्यो

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजारले घटेको छ । सोमबार तोलामा २०० ले घटेको सुनको मूल्य मंगलबार प्रतितोला १ हजारले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको छ ।