२०८१ जेठ १ , मंगलबार

सरकारको लागि २२ अर्ब ऋण उठाउँदै राष्ट्र बैंक

Nepal Rasta Bank- NRB

सुनाखरी न्युज/ काठमाडौँ । सरकारको लागि ऋण उठाउन पहिले बिक्री भएर अवधि परिपक्व भएका ऋणपत्रहरू पुनः नवीकरण गरिन लागिएको हो।

 

विभिन्न परिपक्व अवधि भएका चार किसिमका ऋणपत्रहरू बिक्री गरिने भएको हो। पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिको, ६ अर्ब ५० करोड २५ लाख रूपैयाँको ९१ दिन अवधिको, ६० करोड एक सय ८२ दिन अवधिको र पाँच अर्ब रूपैयाँको तीन सय ६४ दिन अवधिको ऋणपत्र नवीकरण गरिन लागेको हो। त्यस्तै, पाँच अर्ब रूपैयाँको ९१ दिन अवधिका लागि नयाँ ऋणपत्र पनि जारी गर्ने भएको हो।

 

गत चैत ६ मा पनि यस्तै विभिन्न अवधिको ऋणपत्र बिक्री गरिएको थियो। यिनमा औसत ब्याजदर ८.६८ देखि ९.५५ प्रतिशतसम्म कायम भएको थियो। ट्रेजरी विल्सको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिक सहभागी हुन सक्छन्।