२०८१ बैशाख १३ , बिहिवार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २०० ले घटेको छ । आइतबार तोलामा ६०० ले घटेको सुनको मूल्य सोमबार प्रतितोला २०० ले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ घटेको छ ।