२०८१ बैशाख २४ , सोमवार

हिमालय रोडिज सिजन-५ को जजमा प्रियंका

सुनाखरी न्युज/ काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’को आगामी पाँचौं सिजनका चार जजमध्ये तीनजना फाइनल भएका छन् ।

 

दर्शकले प्रियंका कार्की, आशिष राना लाउरे र अनुपविक्रम शाहीलाई जजको रुपमा हेर्न पाउनेछन् । बाँकी एक जजको टुंगो केही दिनमै लाग्ने निर्देशक सिमोस सुनुवारले जानकारी दिए । व्यस्तताको कारण अभिनेत्री दीया मास्के जजको रुपमा हुने सम्भावना कम रहेको जनाइएको छ । केही दिनअघि प्रियंका र निर्देशक सुनुवारको एक तस्वीर सार्वजनिक भएको थियो, जहाँ यी दुईले एक रियालिटी शोमा सहकार्य गर्ने चर्चा चलेको थियो । यतिबेला आएर यो कुरा पुष्टि भएको छ कि उनै सुनुवारको निर्देशन रहने हिमालय रोडिजमा प्रियंका एक जज हुनेछिन् ।

 

पाँचौं सिजनको छायांकन वैशाख १० गतेदेखि सुरु हुने तयारीमा छ । यसपटकको संस्करणलाई टेलिभिजन पर्सनालिटी सुरज सिंह ठकुरीले होस्ट गर्नेछन् ।