२०८१ बैशाख २४ , सोमवार

गायक प्रकाश सपूतको डेब्यू फिल्म प्रदर्शन मिति घोषणा

सुनाखरी न्युज/ काठमाडौँ । नारायण रायमाझीले निर्देशन गरेको फिल्म ‘परदेशी २’ को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले एक भिडिओ सार्वजनिक गर्दै फिल्म आगामी दसैँमा प्रदर्शन हुने घोषणा गरेका हुन्। यो फिल्म फूलपातीको अघिल्लो दिन कात्तिक ३ देखि प्रदर्शन हुनेछ।

 

यसअघि यो फिल्म फागुन ५ गते प्रदर्शन हुने भनिएको थियो। उक्त मितिमा ‘फूलबारी’ प्रदर्शन भएपछि यो प्रदर्शन हुन सकेन। फिल्ममा विदेशमा रहेका नेपाली विद्यार्थीको कथालाई देखाइने छ। राजेश वंशल र निर्देशक रायमाझीको लगानी रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतको अभिनय छ। यो लोकगायक प्रकाश सपूतको डेब्यू फिल्म हो। फिल्मको कथा रमेश बिजीले तयार पारेका हुन्।

मानकृष्ण महर्जनले छायांकन गरेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका छन्। यो फिल्मसँगै दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २: भष्मे डन’ पनि प्रदर्शन हुनेछ।