२०८१ जेठ ६ , आइतवार

२२ अर्ब १० करोड बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

सुनाखरी न्युज/ काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिको ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

 

राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० बैशाख १२ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० असार १२ गते, १८२ दिन अवधिको २०८० असोज ९ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० चैत १३ गते परिपक्व हुनेछ । यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ५ अर्ब ५३ करोड रुपैयाँ, १८२ दिन अवधिको ४ अर्ब ३० करोड र ३६४ दिन अवधिको ९ अर्ब रुपैयाँ गरी कुल २३ अर्ब ८३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

 

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।