२०८२ चैत्र १ , आइतवार

राष्ट्रपति पौडेले गरे गोरखनाथको पूजा

सुनाखरी न्युज/ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक राष्ट्रपति पौडेल गोरखा पुगेका हुन्।

 

आज बिहान साढे ९ बजे गोरखा पुगेका राष्ट्रपति पौडेले गोरखनाथ मन्दिरमा पूजा गरेका छन् । उनले ऐतिहासिक गोरखा दरबार र संग्राहालयको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

 

दुई घण्टाको गोरखा बसाइपछि राष्ट्रपति पौडेल आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । पौडेलले यसअघि उपत्यकाभित्रै विभिन्न स्थलको भ्रमणसँगै, पशुपतिनाथको दर्शन, जीवित देवी कुमारीको दर्शन गरेका थिए ।