२०८१ जेठ ६ , आइतवार

एनएमबि बैंकले चैत २१ गतेबाट ऋणपत्र निष्कासन गर्दै

सुनाखरी न्युज/ काठमाडौँ । एनएमबि बैंकले चैत २१ गतेदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।

 

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । जसमध्ये ४५ हजार कित्ता ऋणपत्र बाँडफाँट गरिएको छ । एनएमबि बैंकले १० वर्ष अवधिको ‘एनएमबि डिबेन्चर १०.७५% – २०८९÷९०’ जारी गर्न लागेको हो ।

 

यसमा वार्षिक १०.७५% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल गर्नेछ । यस ऋणपत्रमा चैत २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २०८० वैशाख ५ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १६ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।