२०८१ बैशाख २५ , मंगलबार

‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौँ । फिल्म ‘नाइँ नभन्नु ल ६’ को शीर्ष गीत सार्वजनिक भएको छ । ‘तिम्रो आँखामा आँखा जुधाइ भन्न मन छ एउटा कुरा’ बोलको गीतलाई वसन्त सापकोटाले संगीत गरेका हुन् ।

 

प्रताप दासको स्वर रहेको रोमान्टिक गीतमा कलाकारहरु आँचल शर्मा र आशीर्वाद बराल फिचर्ड छन् ।‘नाइँ नभन्नु ल’ सिरिजकै परिचित लयमा संगीत बुनिएको छ । गीतले फिल्मका दुई शीर्ष कलाकारको सम्बन्ध स्थापनामा भूमिका खेल्छ । यसै फिल्मबाट डेब्यु गर्न लागेका आशीर्वाद र आँचलले फिल्ममा प्रेमिल जोडीको भूमिकामा अभिनय गरेका छन् ।

 

विकास आचार्य निर्देशित यो फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ । विष्णुमणि दाहालसँग मिलेर आचार्यले फिल्म निर्माण गरेका हुन् । छैटौं सिरिजमा बाल मनोविज्ञान र तन्नेरीको प्रेमकथालाई पनि कथावस्तुको रुपमा पेस गरिएको निर्देशक आचार्यले जानकारी दिए । https://youtu.be/uJzjyHWRLf0