२०८१ जेठ ६ , आइतवार

पोखरामा  कृषि विकास बैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौँ । ‘Learn.Save.Earn’स्थायी नाराका साथहरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा मनाइने Global Money Week को एघारौं संस्करण ‘Plan your money, plant your futur भन्ने नाराका साथ यस बर्ष मार्च ६ देखि १२ सम्म देशभर बैंक तथा वित्तीय संस्थाहरुको प्रत्यक्ष संलग्नतामा वित्तीय साक्षरता कार्यक्रमका साथ मनाइदैछ ।

 

यसै क्रममा कृषि विकास बैंक लि.गण्डकी प्रदेश कार्यालय,पोखराको आयोजनामा पोखराको गुरुकुल विद्या सदन नयाँबजार पोखरामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । त्यस विद्यालयमा कक्षा ११ मा विज्ञान मुख्य विषयलिई अध्ययनरत विद्यार्थीहरुलाई कृषिविकास बैंककाउपमहाप्रवन्धकश्री प्रेम कुमार श्रेष्ठ र नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक श्री आर्या जोशीज्यूले वित्तीय साक्षरता सम्वन्धमा प्रशिक्षण दिनु भएको थियो । सो कार्यक्रममा विद्यार्थीहरुलाई बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्व र बचतलाई आफ्नो आवश्यकताअनुसार बैंकको विभिन्न किसिमका खातामा जम्मागर्ने, यसले पार्ने सकारात्मक प्रभाव, बैंकलेउपलब्ध गराउने कर्जाकाप्रकारहरु र कृषिविकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिमका अतिरिक्त विभिन्न डिजिटल प्रडक्टहरु र त्यसको उपयोगिता का अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

 

गण्डकीप्रदेश कार्यालय पोखराका निर्देशक प्रकाश कंडेलको अध्यक्षता, नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीको प्रमुख आतिथ्यता र कृषिविकास बैंक मुख्य कार्यालयका उपमहाप्रबन्धक प्रेम कुमार श्रेष्ठको विशिष्ट आतित्थता रहेको उक्तकार्यक्रममाप्रदेश कार्यालय पोखराका बरिष्ठ शाखा प्रमुखहरु कृष्ण कुमारी पौडेल, महेश पौडेल, भिम सुवेदी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा उपमहाप्रबन्धक श्रेष्ठबाट नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशी र गुरुकुल विद्यासदका प्राचार्य नारायण आचार्यलाई बैंकको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो भने बैंकको नयाँबजार शाखा कार्यालयका प्रबन्धक हिमलाल श्रेष्ठको नेतृत्वमा उपस्थित कर्मचारीहरुले विद्यार्थीहरुको बैंक खाता खोल्ने काम समेत गर्नु भएको थियो भने अनलाइन खाता खोल्न पनि सिकाइएको थियो ।