२०८० चैत्र १६ , शुक्रवार

भारतमा लोकतन्त्रमाथि आक्रमण भयोः राहुल

सुनाखरी न्युज/ नयाँ दिल्ली ।

चार वर्ष पुरानो मानहानी मुद्दामा अदालतबाट  दोषी ठहर भएपछि सांसद पद गुमाएका भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धीले भारतमा लोकतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् । सांसद पद गुमाउनु परेको भोलिपल्ट शनिबार उनले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् ।

नाटकीय ढंगले विकसित घटनाक्रमपछि गान्धीले शनिबार दिल्लीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेका हुन् । यस क्रममा उनले भारतको लोकतन्त्रमाथि भइरहेको आक्रमणको दिन प्रतिदिन नयाँ नयाँ उदाहरण आइरहेको बताए । तर उनले कुनै पनि परिस्थितिबाट आफू नडराउने र सरकारलाई प्रश्न गर्न आफूले बन्द नगर्ने पनि बताए ।

‘नरेन्द्र मोदीजीको अडानीसँग के सम्बन्ध छ  र ? २० हजार करोड रुपैयाँ कसको हो ? जस्ता प्रश्न आफूले सोध्दै जाने भन्दै आफूलाई कोहीसँग कुनै डर नभएको उल्लेख गरेका छन् । भारतीय उद्योगपति गौतम अडानी पछिल्लो समय विवादमा तानिएका छन् । गान्धीले उनै अडानीको प्रधानमन्त्रीसँगको सम्बन्धबारे संसद र सडकमा प्रश्न उठाउँदै आएका छन् ।

 

गान्धीले आफूलाई संसद पदबाट हटाएर, धम्क्याएर, जेलमा हालेर आफ्नो बोली कसैले बन्द गराउन नसक्ने चेतवानी दिएका थिए । हिन्दुस्तानको लोतन्त्रका लागि आफू लडिरहेको भन्दै उनले त्यसका लागि निरन्तर लडिरहने र केहीसँग पनि आफूलाई डर नहरेको बताए । सरकारले नियम परितर्वन गरेर अडानीलाई एयरपोर्टको जिम्मा लगाएको बताए । साथै मोदी गुजरातको मुख्यमन्त्री रहेदेखि नै अडानीले संरक्षण पाएको आरोप लगाए ।

 

पत्रकार सम्मेलनमा अदालतबाट आएका फैसलाका सम्बन्धमा भने कुनै टिप्पणी गर्न चाहेनन् । तर, अदालतले मानहानी मुद्दामा अधिकतम सजाय सुनाउनुको पछाडि आफ्नो संसदको सदस्यता पद जोडिएको हुनसक्ने उल्लेख गरे ।

२ वर्षभन्दा बढी कैद सजाए पाएका सांसदको सदस्यता पद खारेज हुने कानुन छ ।