२०८१ बैशाख ७ , शुक्रवार

घमण्ड

बाबुराम पौडेल

घमण्ड ! घमण्ड! किन हो तिमि आजभोलि देखाउछौ घमण्डरु
खुल्नु पर्ने हो अब त चेत पटक पटक पाउँदा पनि दण्ड
सुर्य भन्दा म बलियो भनि छाति पुलाएर देखायौ दम्ब
कति हो नखुलेको होस अन्तमा सुर्यले पर्दा पनि तिमिलाई भष्म।

 

घमण्ड! किन हो तिमि आफ्नो लागि आफैले खन्दैछौ खाल्टो
ज्ञानको खोजी गरी खोज्ने गर आफैले प्रगति को बाटो
छेपारोले रङ फेरेझै रङ फेर्दा हुन्छ आफ्नो पतन
ज्ञानको संगत गरी अघि बढ्न खोजे हुन्छ आफ्नो जतन।

 

घमण्ड !कालोलाई सेतो सेतोलाई कालो बनाउन गर्‍यौ धेरै प्रयास
अरुलाई तल झारेर सफलता हात पार्न नगर्दा हुन्छ है तिमिले साहस
आफ्नो खुट्टामा आफैले बन्चरो हान्दा पनि कस्तो हो नपाउने चेत
संगत गर्न गाह्रो भयो राखेपछि तिमिले आफै भित्र खराब नेत।

 

घमण्ड! २१औं शताब्दीमा पनि किन हो राख्दैछौ पुरातन सोच
परीवर्तित समयमा गर्नुपर्छ तिमिले तिमि भित्र शिक्षाको खोह
खाली भाँडो बढि बज्छ भन्ने कुराको पायौ तिमिले कतिको मेसो
मित्र! कति बस्छौ आइ सि युमा खोल्नुपर्छ तिमिले ज्ञानको आँखा अब जसोतसो ।

 

घमण्ड!मिल्छु भने आतुर छु म राख्नलाई तिमिलाई ठाउँ
गर्न खोज्दैनन तिमिलाई मान यदि पटक पटक खोजे तिमिले भाउ
ज्ञान बाढेर मान लिन खोजे हुन्छ त्यसैमा तिम्रो भलो
आउ तिमि हामि मिलि बनाउ यस धर्तीलाई सुन्दर थलो।