२०८० चैत्र १६ , शुक्रवार

कृषि बिकास बैक प्रदेश कार्यालय बागमतिद्धारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । कृषि बिकास बैक लि प्रदेश कार्यालय बागमतिले सरस्वति सामुदायिक विद्यालय जिरी,दोलखामा एक दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कृषि बिकास बैक लि.का उप–महाप्रबन्धक दिर्घ बहादुर अर्याल, प्रदेश कार्यालय बागमतिका मुख्य निर्देशक निर्मल प्रसाद उपाध्याय, शाखा प्रमख सुदिप भक्त आचार्य समेतको उपस्थितमा संचालित कार्यक्रममा कृषि बिकास बैक लि.ले संचालन गरेको यस प्रकारको कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरु, अन्य सम्पूर्ण सहभागिहरुमा बित्तिय ज्ञान प्राप्त हुनुको साथै बैंकिङ्ग कारोबारका सम्बन्धमा बैंकका उप–महाप्रबन्धक तथा बागमित प्रदेशका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्यायले प्रकाश पार्नु भएको थियो ।