२०८० चैत्र १६ , शुक्रवार

उपनिर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा उम्मेदवारी दिने

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उमेदवारी दिने निर्णय गरेको छ ।

 

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले चितवन–२, बारा–२ र तनहुँ–१ मा उमेदवारी दिने निर्णय गरेको पार्टी प्रवत्ता मुकुल ढकालले जानकारी दिनुभयो । आजको बैठकले उपनिर्वाचनका लागि चुनावी ‘कमान्डर’ पनि तोकेको छ । निर्वाचन परिचालनका लागि चितवन–२ मा पार्टी उपसभापति तथा संसदीय दलका नेता डोलप्रसाद अर्याललाई जिम्मेवारी दिइएको छ ।

 

यस्तै, बारामा केन्द्रीय सदस्य गणेश कार्की र तनहुँका लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई खटाइएको छ । बैठकले परिस्थिति हेरेर सरकारमा सहभागी हुने÷नहुनेबारे निर्णय लिने निष्कर्ष निकालेको छ ।