२०८१ बैशाख १३ , बिहिवार

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद् बैठक सुरु

सुनाखरी न्युज/ काठमाडौं । सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएकाे हो ।

 

आज बस्ने मन्त्रिपरिषद् बैठकले नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) नियुक्त गर्नेछ । आईजीपीका लागि ५ जना एआइजीहरु प्रतिस्पर्धामा छन् । ती पाँच जनामध्ये वसन्त कुँवर र श्यामलाल ज्ञवालीमध्ये एकजना भावी आईजीपी हुने सम्भावना छ ।

 

आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् ।