२०८१ बैशाख २१ , शुक्रवार

एफएनसीसीआई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरु बीच सेतुको रुपमा काम गर्छुः वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठ

सुनाखरी न्युज/ काँकरभिट्टा। नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठले आफूले वरिष्ठ उपाध्यक्ष भए पछि अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरु बीच सेतुको रुपमा काम गर्ने बताएका छन्।

 

कोशी प्रदेशको काँकरभिट्टामा बुधबार आयोजित ‘लथालिङ्ग अर्थतन्त्र किन, कसरी, को जिम्मेबार ?‘ विषयक कार्यक्रममा आफूले एफएनसीसी आईका अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरुबीच सहयोगी र सेतुको रुपमा काम गर्ने बताएका हुन।‘मैले वरिष्ठ उपाध्यक्ष भए पछि अहिलेको जस्तो नभई अध्यक्ष र जिल्लाका उद्योगी व्यवसायीहरु बीच सेतुको रुपमा काम गर्नेछु,‘ उनले प्रतिबद्धता जाहेर गरे, ‘विधानमा वरिष्ठ उपाध्यक्ष को कामको बारेमा व्याख्या नगरे पनि आफूले सक्रिय रुपमा उद्योगी व्यवसायीहरुको समस्या समाधानमा काम गर्ने छु।‘

 

उनले उद्योगीव्यवसायीहरुको समस्या समाधान गर्र्दै अर्थतन्त्रलाई सुधार गर्न र सक्रियरुपमा सहकार्य गर्ने पनिबताए। ‘हामीआफैंले एसएमसई बाट व्यवसाय शुरु गरेर अहिलेसम्म यहाँ आएको हुँ। त्यसैले व्यवसायका समस्याहरु बारेमा पनि परिचित छु,‘उनले भने, ‘अहिले बजारमा समस्या छ र हामी सबै ऋण र ब्याजतिर्न कठिनाई भोगिरहेका छौं। त्यसलाई कसरी समाधान गर्नेमा पनि उत्तिकै चिन्तित छु।‘कार्यक्रममा पूर्व अर्थ सचिव शिशिर ढुंगानाले अर्थतन्त्र निगरानी प्रणाली कमजोर हुँदा अहिले समस्या आएको भन्दै नीजि क्षेत्रसँग समेत सल्लाह नगर्दा यसले थप असर पारेको बताए।

 

‘अहिले राजस्व आम्दानी माइनसमा गयो। जसले सरकारको सार्वजनिक खर्च संकुचित बनायो। यसले बजारमा पैसा जान सकेन र सबैतिर समस्याभयो,‘ उनले भने। बैंक तथावित्तियक्षेत्रलाई कोभिडपछि सबै छाडिएको तर अहिले सबै एकैपटककस्नेनीतिले समस्यामापारेको उनले स्पष्टपारे।

 

‘नीति बनाउँदा पर्याप्त सल्लाह नभएको देखिन्छ। सामुहिक सल्लाह समेत गरिएन र निजी क्षेत्रसँग समेत सरसल्लाहभएन्,‘पूर्व सचिवले ढुंगानाले भने, ‘मौद्रिकनीतिमा समिक्षाभएन र प्राइभेट सेक्टरसँग छलफल नै गरिएन्।‘सरकारले अर्थतन्त्र सुधार गर्न आशासिर्जनागर्नुपर्ने नत्रनिजी क्षेत्र निराशहुने र थपआर्थिक असर पर्ने उनको भनाई छ। कार्यक्रममा कोशी प्रदेशमा आधारित रहेर पत्रकारीता गर्दै आएका बिराट अनुपमले प्रदेशमा आर्थिक गतिबिधिका लागि उच्चतम संभावना भएको भन्दै बिबिआईएनमा कोशी प्रदेशले नेतृत्व लिन सक्ने औंल्याए।

 

उनले नेपालको पूर्वी नाकाबाट बंगलादेश, भुटान भारत लगायतका देशहरुसम्म यातायात सहजता भएको हुँदायसले बजार बिस्तार गर्न सकिने बताए।‘हामीले कोशी प्रदेशमा ह्याट अर्थात हाईड्रोपावर, एग्रिकल्चर तथाएभिएसन र ट्रेड,टुरिजम तथा ट्रान्जिटको लागि योजना बनाउनु पर्नेछ। यसमा हामीले गर्न सक्ने धेरै काम छ र यसलाई निजीक्षेत्रले लगानी गरेर अगाडिजानुपर्छ,‘उनले भने। बिराटअनुपमले भुटानीनागरिकहरुलाई पूर्वी नाका बाट भित्र्याएर लुम्बिनी सम्म पुर्याउने तथा बंगलादेशीलाई हिमाल हेर्न बोलाउन सकिनेसहितका योजनाहरु ल्याउन निजी क्षेत्र सँग समेत आग्रह गरे।

 

जिल्ला नगर तर्फको उपाध्यक्षका प्रत्याशी अरुणराज सुमार्गीले महासंघमा उद्योगीहरुको समस्यामा बोल्ने नेतृत्व चाहिएको भन्दै अन्जन श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष चयन गर्न आव्हान गरे। ‘यसअघिपनियुवा नेतृत्वलाई रोक्ने कामहुँदै आएको छ। तर अब यस पटक समस्या सुन्ने र बोल्ने नेतृत्वका लागि अन्जन श्रेष्ठलाई जिताउनुको विकल्प छैन्,‘उनले भने। अन्य वक्ताहरुले अर्थतन्त्र पुरै बिग्रिएको नभई लथालिंगभएको र सुधार गर्न सकिने अवस्थामा रहेको बताएका थिए। सरोकार बालाहरुले अर्थतन्त्रमा केहि समस्या भएको तर यसलाई सबै मिलेर सुधार गरर सहि ट्र्याकमा ल्याउन सकिने बताए।

 

कार्यक्रममा सहभागी भएका विभिन्न जिल्ला तथा नगरका अध्यक्ष तथा प्रतिनिधिहरुले निजी क्षेत्रका नेतृत्वले नियमितरुपमा यस्ता छलफल गराउनुपर्ने भन्दै यस्तो कार्य नभएको बताए। अर्थतन्त्रलाई सुधार गर्न र व्यवसायीको हकहितमा काम गर्न नेतृत्वले अग्रसर हुनुपर्ने भन्दै सहभागीहरुले सरकार लाई घचघच्याएमा तलका व्यवसायीहरुले पुरै साथ दिने बताए। त्यसैगरी सरकारको नीति अहिले असफल भएको भन्दै अनौपचारिक र ग्रामीण अर्थतन्त्रले मात्र देश चलेको उनीहरुले सुझाबदिए।