२०८१ बैशाख ८ , शनिवार

तोलामा ८०० सय रुपैयाँले बढ्यो सुन

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेर फेरि अल–टाइम हाई नजिक पुगेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि गत आइतबार (चैत ५ गते) प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ। यो सुनको भाउले कायम गरेको हालसम्मकै उच्च स्तर हो।

 

हिजो बिहीबार पनि सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार रुपैयाँ तेजाबी गोल्ड १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।