२०८० चैत्र १५ , बिहिवार

नेपाल लाइफ सुनौलो भविष्य जीवनबीमा योजना सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवनबीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ।

 

कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गर्नुभयो । आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनिगर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञान लाई आत्म साथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले “नेपाललाइफ सुनौलो भविष्य जीवन बीमा योजना”सार्वजनिक गरेको हो ।

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात”भन्ने नाराका साथनेपाललाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो । एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवनबीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवनबीमा(मुनाफामा सरिक हुने) हो जस्मा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमा शुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमा शुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकमरू २५,००० तथा अधिकतम बीमाङ्क रकम आय श्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।

 

यो योजनाले न्युनबीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहनगर्दछ । यस योजनाले तपाईंको अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ । यस योजनामादुईवटा विकल्पहरु समावेश गरिएकाछन् जसमध्यआफ्नो इच्छा र आवश्यकताअनुरुपबीमितलेकुनै एउटामात्र विकल्पको छनोट गर्न सक्दछ । विकल्प १अन्तर्गत बीमालेख परिपक्वभएमाबीमाअवधि समाप्तिमाबीमाङ्क रकम + आर्जित बोनश, एकमुष्ट दिइने छ भने विकल्प २अन्तर्गत बीमाभुक्तानीअवधि समाप्तिमाबीमालेखमाउल्लेख भएकोबीमाङ्क रकमदिइने छ र भुक्तानीअवधि समाप्ति पछि प्रत्येक वर्ष बीमाङ्कको ५% रकमबीमितको उमेर ७९ वर्ष नपुगन्जेल सम्म बीमितलाई प्रदान गरिन्छ । साथै बीमित ८० वर्ष पुरा भएपछि बीमा शुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस बीमित लाई प्रदान गरिनेछ ।

बीमालेखचालु रहीबीमाभुक्तानीअवधिभित्रजुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमाविकल्प १अन्तर्गत बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ भने विकल्प २अन्तर्गत बीमितको मृत्यु भएमाबीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानीअवधि समाप्ति पछि मृत्यु भएमाबीमाङ्कको ५०% रकम + बीमाशुल्कभुक्तानीअवधि सम्मआर्जित बोनस रकम एकमुष्ट भुक्तानीदिइनेछ । विकल्प १ र विकल्प २ दृुबैमा ऋण तथा समर्पण सुविधा रहेको छ ।वार्षिक ३ किस्ताबीमाशुल्कभुक्तानीगर्नुको साथै बीमाप्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्यप्राप्तगर्न सकिनेछ भने वार्षिक ३ किस्ताबीमाशुल्कभुक्तानीगर्नुको साथै बीमाप्रारम्भ मितिबाट ३ वर्ष पुरा भएपश्चात सर्मपण मुल्यको ९०% ऋण प्राप्त गर्न सकिनेछ । दुर्घटना मृत्यु लाभ सुविधा (ADB),बीमाशुल्क छुट तथापूर्णअशक्तता सुविधा (PTD/PWB), घातक रोग सुविधा (Critical Illness Rider) जस्ताऐच्छिक सुविधाहरु समेत उपलब्ध रहेको छ ।

कार्यक्रममा बोल्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताउनु भयो । यस योजनालाई मुर्त रुप प्रदानगर्न सहयोग गर्नुहुने नियामक निकाय नेपाल बीमा प्राधिकरण, actuary तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई ज्ञापन गर्नुभयो । यो योजना सबै सरोकारवालाहरुको हितमा रहेको र यसको फाइदा उठाउन सबैमाआग्रहगर्नुभयो । आमग्राहकहरुको आजको आवस्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिकगरिएको कुरा बताउनुभयो। यस योजनाको सफलताको शुभकामना समेत जाहेर गर्नुभयो। कार्यक्रममा यस योजना संग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापतीपोखरेलले गर्नु भएको छ ।

“किनकी जीवन अमुल्य” छ भन्ने मुलनारालाई आत्मसाथगर्दै करिब २२वर्ष देखी नेपालीहरुको घर दैलोमाजीवनबीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०७९ पौष मसान्त सम्ममा यस कम्पनीको लगानी रु. १५६.४४ अर्व रुपैयाँ रहेको छ भने जीवनबीमाकोष १५०.८५ अर्व रुपैयाँ र शेयरधनीकोष ९ अर्व ५२ करोडभन्दा बढी रहेको छ । कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथाग्राहकहरूकालागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवनबीमासम्बन्धी सम्पूर्ण सेवाउपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्व रुपैया बीमाशुल्कआर्जन गरेको छ । नेपालको सर्वाधिकविश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटाबीमा योजनाअन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समय सापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरु समेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।