२०८१ बैशाख २१ , शुक्रवार

नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभा सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । नेपाल इटाली उद्योग वाणिज्य संघको नवौँ वार्षिक साधारण सभायही चैत्र ९ गते काठमाडौंमासम्पन्नभएको छ । नेपाल र मित्रराष्ट्र इटालीबीच बढ्दो व्यापार व्यवसायलाई थपव्यवस्थितगर्दै लगानीतथापर्यटन क्षेत्रलाई फराकिलो बनाउनेउदेश्यका साथ यो कार्यक्रमको आयोजनागरिएको हो ।

कार्यक्रममा माननीय उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाल इटाली चेम्बर अफकमर्सका अध्यक्ष सञ्जय अग्रवाल, नेपाल इटाली चेम्बर अफकमर्सका मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, नेपाल इटाली चेम्बर अफकमर्सका पदाधिकारी तथा पत्रकारहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य संघको नवौं वार्षिक साधारणसभामा कार्यवाहक अध्यक्ष ध्रुवकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । मन्तव्यमाउहाँले भन्नुभयो“नेपालको सांस्कृतिक, वस्तु सम्पदा र ऐतिहासिक सम्पदाको पुनर्निर्माणको क्षेत्रमा इटालीको योगदानप्रतिहामीआभारी छौं र यो सहयोग हाम्रादुई देशबीचको मित्रताको चिरस्थायीप्रतीकको रूपमा रहने छ भन्ने हाम्रो विश्वास रहेको छ ।”नेपाल र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापनाभएको करिब साढे ६ दशकहुनै लागेको छ । सन् १९५९ अगस्ट ३१ मादुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाभएको थियो । यो अवधिमादुई मुलुकबीचको सम्बन्ध सुमधुर रहेको र व्यापार व्यवसाय पनि उल्लेख्य नै रहेको परिदृश्यमादुई मुलुकबीचको आर्थिक सम्बन्धलाई थपबलियो र सशक्तबनाउन नेपाल इटाली चेम्बर अफकमर्स स्थापना भएको हो ।

कार्यक्रममा नेपाल इटाली उद्योग वाणिज्य क्षेत्रमा योगदान पु¥याउनु भएका व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो । जसमा विशेष सम्मान नेपाल इटाली चेम्बर अफकमर्सका विशिष्ठ मानार्थ सदस्य राजेशकाजी श्रेष्ठलाई प्रदानगरिएको थियो । त्यस्तै नेपाल र इटालीबीच व्यापार क्षेत्रमा उत्कृष्ट आयातकर्ताका रुपमाश्रीविनोद सगतानीज्यूलाई प्रदानगरियो । इटालीतर्फ नेपाली वस्तु निर्यातको लागि उत्कृष्ठ निर्यातकर्ताको रुपमासम्मान राजु श्रेष्ठलाई प्रदान गरिएको थियो । नेपाल इटली चेम्बर अफकमर्सकातर्फबाट नेपालमा इटालीका पर्यटक सबैभन्दा बढी भित्र्याउन सफलभई पर्यटन क्षेत्रमा पु¥याएको योगदान लागि पिस इन्टरनेशनल टुर एन्ड ट्राभल्सका प्रवन्ध निर्देशक सर्वोत्तमलाल श्रेष्ठलाई सम्मानप्रदानगरिएको थियो साथै फायर एण्ड आईस पिज्जेरियालाई उत्कृष्ट लगानीकर्ताको रुपमा सम्मान प्रदान गरियो । इटालीले नेपाललाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमाविकास सहयोग प्रदानगर्दै आएको छ ।

 

विशेषगरी सन् १९९० माप्रजातन्त्र आएपछि इटालियन सरकार र जनताले नेपालमा सहयोगको मात्रा बढाउँदै लगेका छन् । यस्तै, सन् २०१५ को विनाशकारी भूकम्पपछि पीडितलाई उल्लेख्य मात्रामा इटालियन सहयोग प्राप्तभएको छ । नेपाल इटली चेम्बरमार्फत द्विपक्षीयव्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानीभित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको छ । नेपाल र इटालीबीचको सम्बन्धमित्रता, आपसीहित र सौहार्दतामाआधारित छ ।