२०८३ श्रावण १८ , सोमवार

तनहुँ क्षेत्र नं १ उपनिर्वाचनमा एमालेवाट मोहन कुमार सुनार प्रवल दावेदार

सुनाखरी न्युज/ काठमाडौं

निर्वाचन आयोगले ०८० वैशाख १० गते उपनिर्वाचनको मिति घोषणा गरेसँगै तनहुँको निर्वाचन क्षेत्र नं १ मा पनि चुनावी सरगर्मी वढेको छ । क्षेत्र नं १ वाट निर्वाचित सासंद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगे रिक्त रहेको निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुने भएपछि चुनावी माहोल तातेको हो ।

नेपाली काग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलले भर्खर सम्पन्न आम निर्वाचनमा गठवन्धन गरेर नेकपा एमालेका एकवहादुर रानालाई पराजित गरेका थिए । ०७४ सालको आम निर्वाचनमा नेकपा एमालेका तत्कालिन उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसान सँग भारी मतले पराजित वनेका पौडेल ०७९ सालको आम निर्वाचनमा भने विजयी वने । निर्वाचन जितेर संसद सदस्य वनेका पौडेल सत्ता गठवन्धनको वलमा राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त वनेको क्षेत्रमा उपनिर्वाचन हुने भएको हो ।

उपनिर्वाचनमा नेपाली काग्रेसले जितेको क्षेत्रमा काग्रेसले नै दावी गरिरहेको छ भने सत्ता गठवन्धनका कारण सो क्षेत्रमा नेकपा एसले पनि आफनो दावी प्रस्तुत गरिसकेको छ । नेपाली काग्रेसले कुनै पनि हालतमा पार्टीले नै उम्मेदवार दिने वताईरहेको सन्र्दभमा सत्तागठवन्धनको तर्फवाट नेपाली काग्रेसको उम्मेदवार र नेकपा एमालेको उम्मेदवार वीच नै प्रतिष्पर्धा हुने पक्का छ ।

नेपाली काग्रेसको उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रने तनहुँको क्षेत्र नं १ मा नेकपा (एमाले) का करिव आधा दर्जन उम्मेदवार ईच्छुक देखिएका छन् । ती आकांक्षी मध्ये नेपाल सुनचाँदी ब्यवसायी महासंघका निवर्तमान अध्यक्ष मोहन कुमार सुनार वलियो दावेदारकारुपमा देखिएका छन् । उनी उद्योग वाणिज्य संघको अध्यक्ष पनि भैसकेका छन् । यस्तै दलित आन्दोलनमा सक्रिय रहेको र त्यस क्षेत्रमा स्थानियसँग नजिक रहेर काम गरेको कारणले एमालले उनलार्य नै दावेदार वनाउने संभावना वलियो रहेको एमाले तनहुँका एक नेताले बताए ।

यस वाहेक एमालेका पुर्व स्थायी कमिटी सदस्य किरण गुरुङ, भर्खर सम्पन्न आम निर्वाचनमा पौडेलसँग पराजय वेहोरका एकवहादुर राना, पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल, निवर्तमान गण्डकी प्रदेश सासंद राम वहादुर गुरुङले पनि उपनिर्वाचनमा चुनाव लड्ने मनसाय व्यक्त गरेका छन् ।

नेकपा एमालेका पुर्व जिल्ला कमिटी सदस्य तथा हालको जिल्ला सल्लाहकार सदस्य समेत रहेका मोहन सुनार पनि उम्मेदवारका आकांक्षी हुन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष समेत रहेका सुनार पार्टीले उत्पिडित समुदायको न्याय र अधिकारको सुनिश्चितताका लागी पनि टिकट दिनुपर्ने वताए ।

निरन्तर रुपमा पार्टी काममा लागेको छु, पार्टीको वफादार सिपाही हुँ । नेकपा एमालेले उत्पिडित जाति तथा समुदायको प्रतिनिधित्व गर्नका लागी पनि आफुलाई टिकट दिनुपर्ने दावी गरे । समाज र समुदायमा हाम्रो वर्गलाई हेर्ने दृष्टिकोण र विभेदलाई चिर्नका लागी पनि मेरो दावी स्वभाविक छ । पार्टी भित्र मात्र होईन, पार्टी वाहिरका आफना समुदायका साथीहरुले पनि सहयोग गर्ने वचन दिईसकेको हुदाँ पार्टीले टिकट दिएर न्याय गर्नुपर्ने समेत सुनारले वताए । सुनार तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत हुन् ।

लामो समयदेखि एकालेमा रहेर स्थानियसँग भिजेका चर्चित उम्मेदवार सुनारले त्यस निर्वाचन क्षेत्रका मतदाताले आफनो आवश्यकता महशुश गरेका वताए । केन्द्र देखी जिल्ला र क्षेत्रका साथीहरुले निर्वाचन लड्नका लागी आग्रह गर्नुभएको छ, पार्टी कार्यकर्ता र पार्टीको आवश्यकतालाई आत्मासात गर्दछु, सुनारले भने । उपनिर्वाचनका लागी आफु नै सवैभन्दा वलियो उम्मेदवार भएको समेत उनले वताए ।

यसैगरि भर्खर सम्पन्न भएको आम निर्वाचनमा पौडेलसँग हार वेहोरेका एकवहादुर रानाले पार्टीले न्याय गरेमा र आवश्यकता महशुश गरेमा फेरि चुनाव लड्ने वताए । आफुले ४ पटक हार वेहोरिसकेको हुदाँ फेरि पनि पार्टी र कार्यकर्ताले जिम्मेवारी दिएमा वहन गर्ने वताए । पार्टीको ईमान्दार सिपाही हुँ, पार्टीले टिकट दिएमा नाई भन्दिन, रानाले भने ।
यसैगरि तनहुँको क्षेत्र नं १ मा पुन निर्वाचन लड्ने मनसाय वनाएका छन्, पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल । भर्खर सम्पन्न आम निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालसँग पराजय भोगेका खनाल पार्टीले टिकट दिएमा निर्वाचन लड्ने वताए । निर्वाचन क्षेत्रका जनताले चुनाव लड्न आग्रह गरेको हुदाँ सवैको साथ र समर्थन भएमा चुनाव लड्ने वताए ।

आफु निरन्तर रुपमा पार्टी काम र सोही क्षेत्रमा रहेको हुदाँ अव हुने उपनिर्वाचनमा आफु पनि उम्मेदवारको आकांक्षी भएको निवर्तमान गण्डकी प्रदेशका सासंद राम वहादुर गुरुङले वताए । साथीहरुले निर्वाचन लड्न आग्रह गर्नुभएको छ । पार्टीले टिकट दिएमा जिम्मेवारी लिन तैयार छु, गुरुङले वताए । आम जनताको सुख दुख वुझेको समेत वहाँले दावी गर्नुभयो ।

 

निर्वाचन आयोगले उपनिर्वाचनका लागी चैत्र १८ गते निर्वाचन अधिकृतको कार्यलयको स्थापना र २० गते उम्मेदवार दर्ताको कार्यक्रम सार्वजनिक गरिसकेको छ ।