२०८० चैत्र १५ , बिहिवार

पूर्वकप्तान कोट्जरले क्रिकेटबाट लिय सन्यास

सुनाखरी न्युज/ काठमाडौं । स्कटल्यान्डका पूर्वकप्तान काइल कोट्जरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । ३८ वर्षको उमेरमा उनले खेल जीवनबाट सन्न्यासको घोषणा गरेका हुन् ।

 

गत वर्ष स्कटल्यान्डको कप्तानबाट राजीनामा दिएका कोट्जरले स्कटल्यान्डका लागि टी-२० र ओडिआई खेलमा गरी कुल ११० पटक नेतृत्व गरेका छन् । खेल जीवनमा भने उनले ८९ ओडिआई खेलमा उनले ५ शतक र २१ अर्धशतकसहित कुल ३ हजार १९२ रन बनाएका छन् । साथै उनले ७० टि२० आई खेलमा १ हजार ४९५ रन बनाएका छन् ।

 

कोट्जर २०२० मा आइसिसीको दशककै उत्कृष्ट एसोसियट खेलाडी चुनिएका थिए । गत महिना आइसिसी क्रिकेट विश्वकप लिग -२ अन्तर्गत च्याम्पियन स्कटल्यान्डबाट उनी नेपालमा सिरिज खेल्न नेपाल आएका थिए। तर, एक खेलमा मात्र मौका पाएका उनी २२ रनमा आउट भएका थिए ।