२०८१ बैशाख २१ , शुक्रवार

सामसङ्गले नेपालमा ल्याउँदैछ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि

सुनाखरी न्युज/ काठमाडौं । इन्टरनेटभरी व्यापकहल्ला छ कि, सामसङ्गकोनयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको विश्वव्यापी बिक्री शुभारम्भ भए संगै नेपाली बजारमा सामसङ्गको सर्वप्रिय ए–सिरिजकाअत्युत्तमनयाँ संस्करणका फोनहरुले कहिले प्रवेश पाउने हुन् भनेर त्यसको वास्तविक मिति थाहा पाउन सर्वत्र चासो बढेको छ ।

अब भनेंती नयाँ स्मार्टफोनहरु नेपाल आउने पक्काभए जस्तो देखिन्छख। सामसङ्ग नेपालको आधिकारिक सामाजिक सञ्जालकाप्लेटफर्महरुमात्यसलाई चाँडै नै उपलब्ध गराउने आशयका केही टिजर पोस्टहरु हामी देख्न सक्दछौं । नयाँ ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिविश्वव्यापी रुपमा बिक्री शुभारम्भ भइसकका छन् र विशेषगरी तिन्माभएकातीन लेन्सयुक्तरेअरक्यामरा र नाइटोग्राफी जस्तो मुख्यविशेषताहरुमापहुँचभएकोले यसप्रति हरकोहीको ध्यानआकर्षित भएको पाइएको छ । दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केहीअपग्रेडका साथआएका छन् । ग्यालेक्सी ए३४ ५जि ४८ एमपिप्राइमेरी क्यामरा र २ एमपिम्याक्रो लेन्सका साथआएको छ भनें ग्यालेक्सी ए५४ ५जिमा ५ एमपिम्याक्रो लेन्ससहित ५० एमपिप्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एँगल लेन्स जडित छ । यीलेन्सहरुले माथिउल्लेख गरिएको नाइटोग्राफीविशेषता, ब्लर कमभएको रात्रीकालीनफोटो÷भिडियो, इन्हान्सडओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउनुहुन्छ र तपाईंको जीवनकाअत्युत्तमपलहरु क्याप्चरगर्ने सक्नु हुनेछ ।

 

दुवै ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएकोले यसमा भएका सुपर एमोलेड डिस्प्लेमार्फत् प्रयोगकर्ताहरु उनीहरुको रोजाईंमा ढुक्क हुन सक्छन। यीफोनहरु अतुलनीय रुपमा बलिया पनि छन्,यसकापानी र धुलो प्रतिरोधकआइपि६७ र कर्निङ्ग गोरिल्लाग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचरनक्स सेक्युरिटीको साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन् । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिमा ५ वर्षको सुरक्षाअद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनिदिइएको छ । यी विशेषताहरले प्रयोगकर्ताहरु लाई उनीहरुको स्मार्टफोनको जीवनचक्र लाई अधिक बनाउन पछिल्लो सफ्टवेयर र सुरक्षामा पहुँचदिनेछन् ।

 

सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको डिजाइन ग्यालेक्सी एस२३ कोमुख्य डिजाइनसंग मिल्दोजुल्दो रहेको छ, जुनयसको सबैभन्दा ठूलो अपीलमध्येको एक हो । तपाईंले मध्यमखालको मुल्यमा सामसङ्गको मुख्य बनावट पाइरहनु भएको छ । सामसङ्गले ए–सिरिजको शृँखलामायीनवीनतम संस्करणहरुद्वारा एक अर्को खोजपूर्ण कार्य ल्याएको छ । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिले यसका प्रयोगकर्ताहरुको जिन्दगीमा साँचो अनुपमअनुभूतिल्याइदिनेछ र यीतयार छन् अब चाँडै नै नेपालमा सार्वजनिक हुन ।