२०८१ जेठ ६ , आइतवार

के प्रेममा छन् त कुन्साङ्ग र मिरुना ?

सुनाखरी न्युज/ काठमाडौं । नायिका मिरुना मगर र मोडल कुन्साङ्ग बोमजमको एउटा भिडियो केही दिन अगाडि सार्वजनिक भयो । ‘मखमली’ बोलको गीतमा कुन्साङ्ग र मिरुनाले खुलेरै रोमान्स गरे । केही मिडियामा अन्तरवार्ता पनि दिए ।

 

तर, फिल्मी बजारमा कुन्साङ्ग र मिरुना एक अर्काको प्रेममा रहेको चर्चा गर्माएको छ । मिडियाको प्रश्नमा त उनीहरुले प्रेमको बिषयमा खुलेर बोलेका छैनन् । तर, फिल्मी बजारमा चलेको हल्लालाई मान्ने हो भने विगत केही महिनादेखि यी दुई प्रेममा छन् । मिरुना नयाँ फिल्म ‘नाङ्गो गाउँ’को तयारीमा छिन् । यता, कुन्साङ्गको हातमा फिल्म छैन । म्युजिक भिडियोमा भने उनी फाट्टफुट्ट देखिएका छन् ।

 

कुन्साङ्गले नायिका एलिजा गौतमसँग नयाँ फिल्म ‘घँुइचो’मा काम गर्ने पक्का भएपनि पछि छाडेका थिए । यसपछि, उनले नयाँ फिल्म साइन गरेको खबर छैन । तर, मिरुनासँगको प्रेम चर्चाले फेरि कुन्साङ्गलाई एक पटक मिडियामा चर्चामा ल्याउने पक्का छ ।