२०८१ बैशाख १३ , बिहिवार

कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको खुल्यो सेयर कारोबार

Share Building

सुनाखरी न्युज/ काठमाडौं । धितोपत्र दोस्रो बजारमा कालिञ्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारबाट खुलेको छ।

 

स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्ज यी दुवै कम्पनीको सेयर किनबेच भएसँगै नियमित समयका लागि कारोबार खुलेको हो। पहिलो कारोबारका लागि भने नेप्सेले कालिञ्चोक दर्शनलाई प्रतिकित्ता न्यूनतमा ७८.१५ रुपैयाँ र अधिकतममा २३४.४५ रुपैयाँ तथा एसियन हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतममा ९९.६० रुपैयाँ र अधिकतममा २९८.८० रुपैयाँ तोकेको थियो। स्पेसल प्रिओपसन सेसनमा कालिञ्चोक दर्शनको प्रतिकित्ता १३४.४० रुपैयाँ र २९८.८० रुपैयाँमा कारोबार भएको छ। यी दुवै कम्पनीको आईपीओ बुधबार नेप्सेमा सूचीकृत भएका थिए।

 

नेप्सेमा कालिञ्चोक दर्शनको कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ४८ लाख कित्ता, स्थानीयको १ लाख २० हजार कित्ता र सर्वसाधारणको १० लाख ८० हजार कित्ता छन्। नेप्सेले कालिञ्चोक दर्शनलाई ‘केडीएल’ कारोबार संकेत प्रदान गरेको छ। यसैगरी नेप्सेमा एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको २२ लाख २० हजार कित्ता, स्थानीयको ३ लाख ४० हजार कित्ता र सर्वसाधारणको ८ लाख ४० हजार कित्ता छन्। नेप्सेले एसियन हाइड्रोपावरलाई ‘एएचएल’ कारोबार संकेत प्रदान गरेको छ।