२०८१ जेठ ६ , आइतवार

बेलायतको संसदीय प्रतिनिधि मण्डलद्वारा एनएमबि बैंकको भ्रमण

सुनाखरी न्युज/ काठमाडौं । सन् २०२३मार्च १४ माब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफकमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्य समुहले एनएमबि बैंकको भ्रमण गर्नुभएको छ।

 

एनएमबि बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसगँको सहकार्य पश्चात भएको प्रगतिबारे अवलोकन गरि एनएमबि बैंकले कार्यान्वयन गर्दै आई रहेको दिगो बैंकीङ्ग अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको थियो । एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी.ले भ्रमणका प्रतिनिधिहरु लाई बैंकले दिगो बैंकीङ्ग अभ्यासको कार्यान्वयन पश्चात गरेको प्रगति विवरणको समिक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्यप्राप्त गर्न पुर्याएको उल्लेखनीय योगदानको बारे समेत प्रकाश पार्नु भयो । प्रतिनिधि मण्डलसगँ छलफलको क्रममा के.सी.ले नेपालको दिगो तथा समाबेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तरपुर्ति गर्नकोलागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट जस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व तथा आवश्यकताको बारेमा जोड दिनु भयो।

 

साथै, प्रतिनिधिहरुले बैंकले जलविद्युत परियोजना मार्फत समुदायविकासमा पुर्याएको योगदानको प्रशंसागर्नु भयो। महिलातथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तिकरणका लागि बैंकले गरेको पहल रकमजोर आर्थिक अवस्थाभएका र पिछडिएका समुहहरुको स्तर उन्नतीका लागी बैंकले गरेको योगदानका बारेमा छलफलगर्दै दुवै तर्फका प्रतिनिधिहरुले सो सम्वन्धी प्रतिक्रिया समेत आदानप्रदान गर्नु भयो । एनएमबिबैंक विगत २६ वर्ष देखीअनवरत रुपमा बैंकिङ्ग सेवा सुविधाप्रदानगर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्थाहो । बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानितभएको बैंक हो ।

 

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर नेपाल’प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदानगदै आइरहेको छ ।