२०८० चैत्र १५ , बिहिवार

दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने

सुनाखरी न्युज/ काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ। बिहीबार बिहान देशका पहाडी भू-भागमा आंशिक रहेकाे छ ।

 

त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बिहीबार दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको सम्भावना रहेको छ ।

 

बिहीबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहने छ। त्यस्तै, कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित क्षणिक-हल्का वर्षाको समेत सम्भावना भएकाे महाशाखाले जनाएकाे छ ।