२०८० चैत्र १६ , शुक्रवार

शेयर बजारमा दोहोरो अंकको गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १५.७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब २९ विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ३८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १० कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार घटेको बजारमा एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २९२ रुपैयाँ पुगेको छ । यसका साथै आज सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयरमूल्य ६.११ प्रतिशतले बढेर प्रतिकित्ता ९५५ रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार बोटलर्स नेपाल तराइका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको आज ९ करोड १९ लाख भन्दा बढीको कारोबार भएको छ ।