२०८१ बैशाख ६ , बिहिवार

‘पठान’ अब ओटीटीमा पनि हेर्न पाइने

सुनाखरी न्युज/ काठमाडौं । बलिउड अभिनेता शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको ब्लकबस्टर फिल्म ‘पठान’ को ओटीटी प्रिमियर भएको छ।

 

अभिनेता शाहरुख खान आफैंले यसको घोषणा गरेका छन्। केही समयअघि उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै ‘पठान’ अहिले प्राइम भिडियोमा रहेको जानकारी दिएका थिए। शाहरुखको फिल्मको भव्य सफलतापछि दर्शकहरू लामो समयदेखि ओटीटीमा ‘पठान’ रिलिजको उत्सुकताका साथ पर्खिरहेका छन्। त्यसपछि फिल्मको प्रिमियर ओटीटीमा गरिएको छ।

 

यसअघि शाहरुखले फिल्म ‘पठान’ को ओटीटी प्रिमियरको अनौठो तरिकाले घोषणा गरेका थिए। प्राइम भिडियोले सेयर गरेको क्लिपमा हास्यकलाकार भुवन बमसँग कुरा गर्दै उनले फिल्मको घोषणा गरेका हुन्। भिडियो क्लिपमा शाहरुख खान ‘पठान’को भूमिकामा देखिएका छन्।