२०८१ बैशाख २३ , आइतवार

स्मरण क्षमता बढाउनका लागि गर्नु पर्ने ८ काम

काठमाडौं– के तपाईँ पनि आफ्नो स्मरणशक्ति बढाउनका लागि दिनहुँ बदाम खानु हुन्छ ? प्रायः मानिसहरुमा बदाम र ओखर खानाले दिमाग स्वस्थ रहन्छ भन्ने मान्यता रहेको छ, जुन साँचो हो । किनभने ड्राई फ्रूट्समा विभिन्न पोषक तत्व हुन्छ, जसले हाम्रो दिमागको स्वास्थ्य राख्छ । कुनैपनि निणर्य सही समयमा, सही ढंगले लिनका लागि हामीमा त्यही किसिमको बुद्धि चाहिन्छ ।  तपाईलाई कहिल्यै यस्तो भएको छ कि, तपाईं कुनै ठाउँ वा व्यक्तिको नाम स्मरण गर्ने प्रयास गर्नुहुन्छ, तर जति गरेपनि त्यो याद हुँदैन । भनिन्छ, उमेर बढ्दै जाँदा हाम्रो स्मरणशक्ति पनि कमजोर हुन्छ । यस्तो हुनपनि सक्छ । तर, स्मरणशक्तिलाई हामी उमेर ढल्कदै गएपनि तन्दुरुस्त राख्न सकिन्छ । त्यसका लागि केही काइदा छन् ।

 

नियमित व्यायाम

जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।

मुभमेन्टका साथ याद गरौं

कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ । यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।

 

ध्यान

ध्यान अर्थात मेडिटेशनले स्मरण शक्तिको क्षमता धेरै बढाउँछ, किनभने ध्यान गर्न सजिलो छैन तर लगातार प्रयास गरेर ध्यान गर्न सिक्नु भयो भने कुनै पनि कुरामा अझ बढी कन्सन्ट्रेट गर्न सक्नु हुन्छ र स्मरणशक्ति पनि बढ्छ ।

पर्याप्त निद्रा

शरीरलाई ७ देखि ९ घण्टासम्मको निद्रा आवश्यक हुन्छ, किनभने पूर्ण रुपमा निदाउनाले हाम्रो दिमाग र शरीरले सही तरिकाले काम गर्छ । पूर्ण निद्राका कारण तनावको समस्या पनि कम हुन्छ, जसले हाम्रो दिमागको स्वास्थ्य पनि राम्रो हुन्छ ।

 

क्यालोरीको बढी सेवन

बढी मात्रामा क्यालोरीको सेवन गर्नाले शरीरमा फ्याट बन्छ र जसले दिमाग सुस्त हुन्छ र बढी क्यालोरकिा कारण विभिन्न रोगको चपेटामा पनि खतरा हुन्छ, जसले दिमागी स्वास्थ्यमा पनि असर पर्छ । दिमाग तेजिलो र शरीर फुर्तिलो बनाउनका लाग कम क्यालोरी भएको खाना खानु पर्छ ।

कफी र चिया सेवन

क्याफीनको सेवनले हाम्रो दिमागमा अत्यधिक फूर्ती आउँछ र हाम्रो दिमाग सक्रिय रहन्छ । स्मरण शक्ति बढाउनका लागि कफी अथवा चिया सेवन गर्न सकिन्छ तर यी कुराको सेवन पनि निर्धारित मात्रामा गर्नु पर्छ ।

 

डार्क चकलेटको सेवन

डार्क चकलेटले दिमागमा रक्त सञ्चार बढाउँछ, जसले दिमागको स्मरण शक्ति तेजिलो हुन्छ । डार्क चकलेटमा चिनी हुँदैन र क्यालोरीको मात्रा पनि कम हुन, जसले दिमाग सक्रिय हुन्छ । तर, सधैँ राम्रो ब्राण्डको डार्क चकलेटमा सेवन गर्नु पर्छ ।

सन्तुलित भोजन

तपाईं जब चिनीजन्य खानेकुरा सेवन गर्नुहुन्छ, त्यसको २० प्रतिशत हिस्सा सोझै दिमागमा पुग्छ । त्यही कारण हो कि, दिमागको कामकाजी हालत ग्लुकोजको स्तरमा निर्भर रहन्छ । यदि तपाईंले सुगर लेभल नियन्त्रण गर्नुभएन भने तपाईंको दिमाग द्विविधाग्रस्त हुनसक्छ । बरु यस्तो खानेकुरा दिमागको लागि सही हुन्छ, जसले डोपामाइन केमिकल निकाल्छ । यो कुरा पनि ख्याल राखौं कि, दिमागको कोशिका फ्याटबाट बनेको हुन्छ । त्यसैले खानामा बोसोको मात्रा हुनुपर्छ । यसका साथै ओखर, वियाँ, नासपाती, माछा दिमागका लागि एकदमै राम्रो हुन्छ ।