२०८० चैत्र १५ , बिहिवार

सुनको भाउमा भारी गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको हो।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ७ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ७ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो मंगलबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।