२०८१ बैशाख ४ , मंगलबार

मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालको “मोबाइल एप”सन्चालन

सुनाखरी न्युज/ काठमाडौं । आइएमई समूह अन्तर्गतको मिडास टेक्नोलोजिज सँगको सहकार्यमा धुलिखेल अस्पतालले आफ्नो मोबाइल एप सन्चालनमा ल्याएको छ ।

 

यो एपमार्फत बिरामीहरूले सजिलै र सुविधाजनक ढंगले धुलिखेल अस्पतालमॉअनलाइनअपोइन्टमेन्ट’बुकिंगगर्न र त्यहाँबाट प्रयोगशाला रिपोर्टहरू प्राप्तगर्न सक्छन् । यसले बिरामीहरूलाई अस्पतालसम्म आइपुग्न र लामो लाइनमाउभिने झन्झट हटाउँदै धेरै समय बचत गराउने छ । संगसंगै यो एपमार्फत नेपाल सरकारको स्वास्थ्यबीमाबोर्ड द्वारा प्रदानहुने स्वास्थ्यबीमाको सुविधाप्राप्तगर्न, निःशुल्क रुपमा अस्पताल टिकट बुक गर्ने र आफ्नो बीमाजानकारी प्राप्तगर्न समेत सकिने छ । मिडास टेक्नोलोजीद्वारा विकसितमोबाइलएप सन्चालनमाल्याउदा सन् १९९६ देखि बिरामीलाई उत्कृष्ट सेवाप्रदानगरिरहेको धुलिखेल अस्पतालले बिरामीहरूलाई दिने सेवाहरूमाथप सुधार हुने छ ।

 

मिडास टेक्नोलोजिजप्रा. लि. मिडास टेक्नोलोजीज, आइएमई समूहअन्तर्गतको कम्पनीहो । मिडासले विकास गरेको सूचनाप्रविधिमाआधारित स्वास्थ्य सेवा सूचना प्रणाली १७० भन्दा बढी अस्पतालहरूले प्रयोगमाल्याएका छन् । सूचनाप्रविधिको उपयोग बढाएर स्वास्थ्य सेवाकोआधुनिकीकरण तथा सुधार गर्न ‘मिडास टेक्नोलोजीज’ अस्पतालहरूका लागि भरपर्दो साझेदार बनेको छ ।