२०८१ बैशाख १३ , बिहिवार

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै

सुनाखरी न्युज/ काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत लिंदै हुनुहुन्छ ।

 

विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयले आज दिउँसो ३ बजेका लागि बैठक बोलाएको छ । यसअघि सरकारमा सहभागि राप्रपाले आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो ।