२०८१ बैशाख २४ , सोमवार

लुम्बिनी विकास बैंकको सेयर बिक्रीमा

सुनाखरी न्युज/ काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीतर्फको सेयर बिक्री गर्ने भएको छ ।

 

बैंकले संस्थापक सेयरधनी राजु सरावगीले आफ्नो नाममा रहेको ४ हजार ८ सय कित्ता सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम कम्पनीले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा दरखास्त दिन सक्नेछन् ।

 

तोकिएको समयभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमअनुसार सो सेयर अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने बैंकले जनाएको छ ।