२०८१ बैशाख ७ , शुक्रवार

प्रदीप खड्काले जिते उत्कृष्ट नायकको अवार्ड

सुनाखरी न्युज/ काठमाडौं । प्रदीप खड्का उत्कृष्ट नायक घोषित भएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं सिजनमा उनले फिचर फिल्मतर्फ वर्षको उत्कृष्ट नायकको अवार्ड जितेका हुन् । उनले चलचित्र ‘प्रकाश’बाट उक्त अवार्ड हात पारेका हुन् ।

 

उनले आफूले अनपेक्षितरूपमा अवार्ड प्राप्त गरेको बताए । ‘प्रकाश’ चलचित्रमा काम गर्दा दर्शकले स्वीकार गर्दिए हुन्थ्यो भन्ने लोभ भने रहेको उनले अवार्ड ग्रहण गर्ने क्रममा बताए । सोही चलचित्रबाट दीया मास्केले वर्षको उत्कृष्ट नायिकाको अवार्ड जितिन् । उनी चलचित्र ‘प्रकाश’मा प्रदीप खड्काको आमाको रोलमा थिइन् ।

 

उत्कृष्ट निर्देशकको अवार्ड सुजित बिडारीले जितेका छन् । उनले ‘ऐना झ्यालको पुतली’बाट फिचर फिल्मतर्फ उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका हुन् । यस्तै यही चलचित्रले वर्षको सर्वोत्कृष्ट चलचित्रको अवार्ड पनि हात पार्यो ।