२०८१ बैशाख ८ , शनिवार

कोरियाली कार कारेन्स नेपालमा

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौं कोरियाली कार निर्माता कियाको एमपीभी कारेन्सको इन्ट्री लेवल भेरियन्ट ‘प्रिमियम’ पनि नेपाल ल्याएको छ । कम्पनीले यही हप्ताबाट कारेन्स विक्री सुरु गरेको हो ।

 

नेपालको लागि कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज् मार्फत नेपाली बजारमा ७ सिटे एमपीभी कारेन्स लन्च भएको हो । यो सँगै कम्पनीले प्रिमियम र प्रेस्टिज भेरियन्ट नेपालमा विक्री सुरु गरेको छ । कारेन्स प्रिमियम भेरियन्टको मूल्य ४८ लाख ९० हजार रुपैयाँ र प्रेस्टिज भेरियन्टको मूल्य ५२ लाख ९० रुपैयाँ रहेको छ । सुरुमा प्रेस्टिज भेरियन्ट मात्रै ल्याउने भनेको कियाले प्रिमियम भेरियन्ट पनि ल्याएको हो । कम्पनीले ल्याएको कारेन्स सुरक्षीत, धेरै स्पेश भएको र स्टाइलिस रहेको कारण धेरै मानिसको रोजाईमा पर्ने कन्टिनेन्टल ट्रेडिङको बुझाई छ ।

 

इन्डियन कार अफ दी इयर २०२३ को अवार्ड जित्न सफल कारेन्समा सुरक्षाको लागि ६ ओटासम्म एयरब्याग, इलेक्ट्रोनिक्स स्टाबिलिटी कन्ट्रोल, भेहिकल स्टाबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट जस्ता फिचर छन् । त्यसैगरी, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, डाउन हिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेक सिस्टम, अल ह्वील डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर रहेको छ ।