२०८१ बैशाख १३ , बिहिवार

धिरज र जसिताको रोमान्टिक ‘कथा’

सुनाखरी न्युज/ काठमाडौं । वैशाख तेस्रो साता रिलिज हुन लागेको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को सामग्रीले दर्शकलाई एकपछि अर्को रूपमा सरप्राइज दिइरहेको छ। फिल्मको फस्टलुक सार्वजनिक भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता पनि ह्वात्तै बढेको छ। यसले, फिल्मको निर्माण पक्षमा दबाब सिर्जना गरिरहेको छ।

 

टिजर र फस्टलुक पोस्टरपछि फिल्मको निर्माण पक्षले पहिलो गीत पनि सार्वजनिक गरेको छ। ‘कथा’ बोलको गीत आइप्लेक्स मलमा रहेको वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो।कार्यक्रममा फिल्मका मुख्य कलाकारद्वय धिरज मगर र जसिता गुरुङले उक्त गीतमा नृत्यसमेत गरेका थिए। गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ। भिडियोमा मुख्य कलाकारद्वय धिरज र जसितालाई फिचरिङ गरिएको छ। उनीहरू गीतमा केही रोमान्टिक देखिएका छन्।

 

यो फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ। गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो। सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको फिल्मलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन्। फिल्मलाई डान्स ड्रामा भनिएको छ।