२०८१ बैशाख ७ , शुक्रवार

डिप्लोमा इन फार्मेसी परीक्षाको नतिजा सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं। डिप्लोमा इन फार्मेसीको शनिवार लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

 

२१ औँ नाम दर्ता परीक्षामा डिप्लोमा इन फार्मेसीमा १६.५० प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ५८२ जना सहभागी भएका थिए । जसमा २६१ जना उत्तीर्ण भएका हुन् ।

 

परीक्षाका लागि १ हजार ६३४ जनाले आवेदन भरेका थिए भने ५२ जना अनुपस्थित थिए ।