२०८१ बैशाख १४ , शुक्रवार

हिमाल आरोहणका लागि सिजन सुरू

सुनाखरी न्युज/ काठमाडौं। पर्यटकीय सिजन सुरू भएसँगै पर्यटकहरूले हिमाल आरोहणका लागि अनुमति लिन थालेका छन्।

 

पर्यटन विभागकाअनुसार वसन्त ऋतुका लागि आइतबार सम्म ५० जना आरोहीले अनुमति पाएका हुन्। यसमध्ये ३४ जनाले अन्नपूर्ण आरोहणका लागि अनुमति पाएका छन्। त्यस्तै २ जनाले सुर्मा सरोवर (६५२३ मिटर), ६ जनाले पाङग्री गोलदुम्बा (६६२० मिटर), ३ जनाले मनास्लु (८१६३ मिटर) र ५ जना पर्यटकले थोराङ पिक (६१४४ मिटर) का लागि अनुमति लिएका हुन्।

 

यो आरोहणमार्फत सरकारलाई रोयल्टीबापत १ करोड २९ लाख रूपैयाँ आम्दानी हुने विभागले जनाएको छ।