२०८१ बैशाख १४ , शुक्रवार

विदेश जाने विद्यार्थीको संख्यामा दोब्बरले वृद्धि

सुनाखरी न्युज/ काठमाडौं। नेपालबाट विदेश जाने विद्यार्थीको संख्यामा दोब्बरले वृद्धि भएको छ । गत फागनु महिनामा विदेश अध्ययन गर्न जानको लागि चालु आर्थिक वर्षको विगतको महिनाको तुलनामा दोब्बर विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन् ।

 

शिक्षा मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत फागुन महिनामा नेपालबाट विदेशमा अध्ययन गर्नको लागि १३ हजार नौ सय ४५ वटा एनओसी जारी भएका छन् । चालु आर्थिक वर्षको माघ महिनासम्म ५९ हजार आठ सय ५७ जना विद्यार्थीले विदेशमा अध्ययनको लागि एनओसी लिएका थिए ।

 

तथ्यांकअनुसार चालु आर्थिक वर्षको विगत महिनाको तुलनामा फागुन महिनामा दोब्बर संख्याका विद्यार्थीले एनओसी लिएपछि झण्डै दोब्बरले विदेशी मुद्रा पनि बाहिरिएको छ ।