२०८१ बैशाख ११ , मंगलबार

घट्यो सुनको मूल्य

सुनाखरी न्युज/ काठमाडौं। नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भएकोमा आज सात सय रुपैयाँले घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य एक हजार तीन सय ३० रुपैयाँ रहेको महासंघले जनाएको छ ।