२०८१ बैशाख १३ , बिहिवार

स्प्यारो एसएमएसको वार्षिकोत्सवः नेपालकै सबैभन्दा ठूलो व्यवसायको सञ्चार माध्यम बन्ने लक्ष्य

सुनाखरी न्युज/ काठमाडौं। के तपाइँ सम्झना गर्न सक्नुहुन्छ ? विगतका दिन जब एसएलसीको नतिजा हेर्न घन्टौँ लाइन बसेर पत्रिका किन्नुपर्थ्यो। तर, अहिले नतिजा हेर्न होस् या अन्य धेरै कामका लागि होस् त्यस्तो लाइन बस्ने झन्झट गर्नुपर्दैन। अहिले केही सेकेन्डमै नतिजा मोबाइलमा एसएमएसमार्फत हेर्न सक्ने सम्भव भएको छ। यो सम्भावनाको सुरुआत गर्ने संस्था हो– स्प्यारो एसएमएस।

 

स्प्यारो एसएमएसले एसएमएस रिजल्ट सिस्टममात्र नभई अन्य थुप्रै नवीन एसएमएस सर्भिस सञ्चालन गर्दै आएको छ। जसले हाम्रो दैनिकी निकै सहज बनाउन मद्दत गरेको छ भने व्यवसायलाई पनि आफ्नो प्रचार प्रवर्द्धनमा मद्दत पुगेको छ। स्प्यारो एसएमएस नेपालको अग्रणी एसएमएस प्रदायक कम्पनीले आज मार्च २० तारिख आफ्नो १३ औँ वार्षिकोत्सव मनाउँदैछ। जानकी टेक्नोलोजी प्रालिद्वारा सन् २०१० मा स्थापित गरिएको स्प्यारो एसएमएस त्यतिबेलदेखि एसएमएसको पर्यायवाची शब्द बनेको छ र यसलाई ‘पावर अफ टेक्स्ट’ भनेर व्यापक रुपमा पनि चिनिन्छ। कम्पनीको लक्ष्य आमजनता र व्यवसायीलाई आफ्ना उत्पादन र सेवा सञ्चार तथा प्रचार गर्न एसएमएस सेवा प्रदान गर्नमात्र नभएर अतिसंवेदनशील सन्देश जस्तै– ओटीपी कारोबार विवरण पनि सुरक्षित र अतिशीघ्र माध्यबाट एसएमएस पठाउनु हो।

 

वर्षौंको दौरानमा स्प्यारो एसएमएसले बल्क एसएमए तथा अन्य एसएमएस सेवामा आफूलाई विश्वसनीय नामका रुपमा स्थापित गरेको छ। कम्पनीले एसएमएसबाहेक आफ्नो व्यवसाय विस्तार गर्न राकुटेन भाइबरसँग साझेदारी गरेको छ र अब नेपाली व्यवसायलाई भाइबस बिजनेस मेसेजिङ प्रदान गर्दै आएको छ। जसले अन्य देशमा व्यवसाय प्रवर्द्धन गर्न प्रभावकारी र किफायती माध्यम साबित भइसकेको छ। स्प्यारो एसएमएसले भ्वाइस बोर्डकास्टिङ तथा मिस कल मार्केटिङ सेवा पनि प्रदान गर्दै आएको छ। जसले व्यवसाय प्रवर्द्धनको प्रमुख सेवाहरु हुन्।

 

स्प्यारो एसएमएसले सधैँ विश्वस्तरीय सर्भरहरु, डाटा गोपनीयता र किफायतीता कायम राखेको छ। सन् २०२२ मा जानकी टेक्नोलोजीलाई आईसीटी क्षेत्रमा नवीन अभ्यासहरुका लागि अवार्ड अफ एक्सिलेन्स अफ इनोभेसन इन द इमर्जिङ सेक्टर्स अफ द प्रोभिन्स–आईसीटी २०२२ अवार्डले सम्मानित गरिएको थियो। स्प्यारो एसएमएसले मेक इन नेपाल–स्वदेशीसँग पनि सहकार्य गर्दै आएको छ। जसले स्वदेशमा उत्पादित वस्तु तथा सेवालाई सशक्तीकरण र प्रवर्द्धन गर्ने नाराका साथ काम गरिरहेको छ। वार्षिकोत्सवका अवसरमा स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले कम्पनीका अमूल्य ग्राहक तथा साझेदारप्रति कृतज्ञता व्यक्त गरे। उनले भने, ‘यो विगत १३ वर्षमा अविश्वसनीय यात्रा भएको छ र हामीले हाम्रा ग्राहक तथा साझेदारको सहयोग बिना यो गर्न सक्ने थिएनौँ। हाम्रो लक्ष्य सधैँ व्यवसाय र व्यक्तिलाई समान रुपमा उत्कृष्ट एसएमएस सेवाहरु उपलब्ध गराउनु रहेको छ। हामी त्यो लक्ष्य हासिल गर्न सफल भएका छौँ भन्न पाउँदा गर्व छौँ।’

थापाले स्प्यारो एसएमएसले नेपालको सबैभन्दा ठूलो व्यवसायको सञ्चार माध्यम बन्ने लक्ष्य राखेको बताए। स्प्यारो एसएमएस नवप्रवर्तन र उत्कृष्टताप्रति आफ्नो प्रतिबद्धता जारी राख्न र सेवाको क्षीतिज विस्तार गर्न प्रतिबद्ध रहेको थापाले बताए।