२०८१ बैशाख २४ , सोमवार

नेपाल रेमिटबाट पठाएको रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैँकको शाखाबाट झिक्न सकिने

सुनाखरी न्युज/ काठमाडौं। विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रालि र राष्ट्रिय वाणिज्य बैँकबिच सम्झौता भएको छ ।

 

सम्झौता भएसँगै नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यालय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् । विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजीकरण हुने र नेपालमा रेमिट्यान्स भित्र्याउन समेत सहज हुने नेपाल रेमिट इन्टरनेशनलका नायव महाप्रबन्धक देव वहादुर थापाले दिए ।

 

यसका साथै राष्ट्रिय वाणिज्य बैँकसँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रालिले अब देशभर १२००० भन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्ने जनाएको छ । नेपाल रेमिट इन्टरनेशनल प्रालि विगत १७ वर्ष देखि रेमिटान्सको क्षेत्रमा काम गर्दै आएको संस्था हो । विशेष गरी डिजिटल रेमिटान्सलाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा बित्तय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैँक डिपोजिट सेवालाई प्रभावकारी रुपमा प्रदान गर्दै आएको छ ।