२०८१ बैशाख ८ , शनिवार

सभामुखले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्छ : कांग्रेस महामन्त्री शर्मा

सुनाखरी न्युज/ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुख देवराज घिमिरेले पत्रकारहरुमाथि गरेको टिप्पणीप्रति आत्मआलोचना गर्नुपर्ने बताउनुभएको छ ।

 

आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले सभामुख घिमिरेले पत्रकारहरुको बारेमा गरेको टिप्पणीप्रति आफूहरुको विमति रहेको बताउनु भयो । उहाँले सभामुखले पत्रकारहरुका विषयमा गरेको टिप्पणी समाजको सामुन्यमा गम्भिर ‘नोटिस’ मा रहेको बताउनु भयो ।

 

महामन्त्री शर्माले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्र देशमा लोकतान्त्रिक रुपान्तरणका लागि आफैँ संलग्न भएको भन्दै त्यस क्षेत्रप्रतिको टिप्पणी आलोच्य भएको बताउनु भयो । उहाँले वर्तमान सत्तारुढ गठबन्धन पाँचै वर्ष जाने पनि दाबी गर्नु भयो ।