२०८० चैत्र १६ , शुक्रवार

चलचित्र ‘जय हो’को निर्माण घोषणा

सुनाखरी न्युज/ काठमाडौं । शोभित बस्नेत प्रस्तुतकर्ता रहनुभएको चलचित्र ‘जय हो’ को राजधानीमा आयोजित एक कार्यक्रमका बीच औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ।

टेक पौरखी राईको निर्देशनमा निर्माण हुने चलचित्रमा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, गणेश बुढाथोकी, दीपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ र अथिति कलाकारमा रोहित रुम्बालगायतको अभिनय रहनेछ। चलचित्रको आगामी चैत्र ५ देखि छायाङ्कन सुरु हुनेछ। सुरेश न्यौपानेको कथा लेखन रहेको चलचित्रमा सौरभ लामाको छायाङ्कन, शम्भुजित बाँस्कोटा र सागर आलेमगरको सङ्गीत रहनेछ।

कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने चलचित्र आगामी भदौ ८ अर्थात् अगस्ट २५ सम्ममा प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ। सलोन सलिना फिल्म्स्को ब्यानरमा निर्माण हुने चलचित्रको निर्मातामा राज के अधिकारी र सुरज सरकार हुनुहुन्छ।