२०८१ बैशाख ७ , शुक्रवार

गायक दूतराजको एकल साङ्गीतिक कार्यक्रम जापानको सिजुओकामा हुँदै

सुनाखरी न्युज/ काठमाडौं । जापानको सिजुओकामा आयोजना हुन लागेको गायक प्रकाश दूतराजको एकल साङ्गीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

जापानको विभिन्न सहरमा साङ्गीतिक टुरमा रहेका दूतराजको सिजुओकामा यही मार्च २१ मा प्रस्तुति हुने भएको हो । सिजुओकाको हिगाशी सिजुओका स्टेसन नजिक रहेको ग्रान्डसिप हलमा बेलुका ५ बजेदेखि कार्यक्रम सुरु हुनेछ । सिजुओका स्पोर्टस क्लब, गलकोट समाज सिजुओका ,स्याङ्जा समाज सिजुओका र एभरेस्ट फुजी सोसाइटी हामामाचुको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रमको टिकटको मूल्य साधारण तर्फ २ हजार र भिआइपी तर्फ १ मान तय गरिएको छ ।

 

गायक दूतराज पछिल्लो समयमा रुचाइएका गायक हुन् । उनका गीतहरू बैनी झ्यालैमा, घर कता हो बैनीको , लाहुर जाने रेलैमालगायत चर्चामा रहेका छन् । सिजुओकामा हुन लागेको उक्त कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न कृष्ण केसीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ ।