२०८१ बैशाख ७ , शुक्रवार

प्रभु बैंकले सिजी मोटर्सका गाडी किन्न कर्जा दिने

सुनाखरी न्युज/ काठमाडौं । नेटा भी र सिजी केवाइसी भी- ५ इलेक्ट्रिक भ्यानको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीमा प्रभु बैंकले कर्जा दिने भएको छ।

 

बैंक र सिजी मोटर्सबीच भएको सम्झौताअनुसार अब नेटा भी र सिजी केवाइसी भी- ५ इलेक्ट्रिक भ्यान गाडी किन्ने ग्राहहरुले प्रभु बैंकबाट सहजै कर्जा लिन सक्नेछन्। दुई संस्थाबीच भएको सम्झौता पत्रमा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल तथा ग्राहक कर्जा प्रमुख वीरेन्द्र भट्ट र सिजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन्। सम्झौतापछि गाडी किन्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा ८० प्रतिशतसम्म सवारी साधन कर्जा उपलब्ध गराउने संस्थाहरूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

प्रभु बैंकका सबै शाखाहरूबाट सात वर्ष अवधिसम्मका लागि सुलभ ऋण सुविधा उपलब्ध हुनेछ। सम्झौतापछि अब मात्र २० प्रतिशत डाउन-पेमेन्टमा नेटा भी किन्न सकिने कम्पनीले जनाएको छ। हाल प्रभु बैंकका देशभर सबै शाखाबाट कर्जा सुविधा ग्राहकले लिन सक्नेछन्। यो ऋण नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको बैंकले जनाएको छ। यो योजना सिजी मोटर्सको आधिकारिक विक्रेता र प्रभु बैंकका सबै शाखाबाट नेपालभरि लागू हुनेछ।