२०८१ बैशाख ४ , मंगलबार

नेप्सेमा सामान्य गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो कारोबारको दिन आज आइतबार सामानय अंकको गिरावट आएको छ । आज नेप्से ६.९० अंकले घटेर एक हजार ९ सय २६ दशमलब ४० विन्दुमा पुगेको हो ।

 

त्यस्तै, आज नेप्सेमा एक अर्ब ६ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ७४ कम्पनीको शेयरमूल्य बढेको छ भने १२७ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४७ रुपैयाँ पुगेको छ भने युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७६४.६० रुपैयाँ पुगेको छ । यसका साथै आज े शुभम पावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ५६७.६० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरि लिमिटेडको भएको छ । यस कम्पनीको आज ६ करोड १० लाख भन्दा बढीको कारोबार भएको छ ।