२०८० चैत्र १६ , शुक्रवार

चलचित्र ‘कामिनो’को वर्कशपमा ब्यस्त प्रदीप खड्का

सुनाखरी न्युज/ काठमाडौं । चलचित्र ‘कामिनो’को यतिबेला वर्कशप चलिरहेको छ । वैशाखबाट छायाँकन सुरु गर्ने तयारीका साथ यो चलचित्रको केही दिनदेखि राजधानीमा वर्कशप चलाइएको हो ।

 

चलचित्रमा मुख्य भूमिकामा देखिन लागेका अभिनेता प्रदीप खड्कासँगै अभिनेत्रीद्धय वर्षा शिवाकोटी र नीति शाह वर्कशपमा सहभागी छन् । अभिनेता भोला सापकोटाले वर्कशपको सहजीकरण गरिरहेका छन् । दीपक वलीको निर्देशनमा निर्माण हुन लागेको ‘कामिनो’लाई महेश दवाडीले लेखेका हुन् ।

 

एक्सेस नेपाल फिल्मस् निर्माता रहेको चलचित्रमा सुनिल विष्ट कार्यकारी निर्मातामा छन् भने पूर्ण लामा क्रियटिक निर्देशकका रुपमा छन् । यो चलचित्रमा अमेरिकामा रहेको अभिनेता राजबल्लभ कोइरालाको समेत अभिनय रहनेछ ।