२०८१ बैशाख १३ , बिहिवार

गर्भवती नै नभई हल्ला फिजाइएको भन्दै रिसाइन् निता ढुंगाना

सुनाखरी न्युज/ काठमाडौं । नायिका निता ढुंगानाले आफूविरुद्ध भ्रम फिजाइएको भन्दै प्रेस काउन्सिलको ध्यानाकर्षण गरेकी छन् ।

 

उनले सामाजिक संजालमा स्टाटस लेख्दै कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नु पर्ने हुँदा पत्रकारले यथार्थ नबुझी भ्रामक लेखेको भन्दै प्रेस काउन्सिलको ध्यानाकर्षण गरेकी हुन् । नायिका ढुंगानाले पत्रकार सम्मेलनमा आफूले गर्भवती भएको चिरित्रमा अभिनय गर्दाका अनुभवहरु साटेकी थिइन् । तर केही युट्युवमा भने उनी वास्तवमै गर्भवती भएको भनेर भिडियो हालिएपछि उनी रिसाएकी हुन् ।

 

‘कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा त्यस्ता घटना भएको भन्ने आसाय दिने भ्रामक हेडलाईन राख्ने र साना ठूला सामाजिक संजाल संचालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता कृयाकलापले धेरै कलाकारको जिवनमा नकारात्मक प्रभाव पारिरहेको छ ।

 

‘विहिबार मात्र म अभिनित मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जिवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता कृयाकलापप्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाहान्छु।’